Kathmandu Press

विवेकशील साझा पार्टीका नेता स्वर्गीय थापाको उपचारबाट बचेको रकम संघसंस्थालाई

विवेकशील साझा पार्टीका नेता स्वर्गीय उज्ज्वल थापाको उपचारबाट बचेको ४२ लाख ५२ हजार रुपैयाँ सातवटा संघसंस्थालाई हस्तान्तरण गरिएको छ।
विवेकशील साझा पार्टीका नेता स्वर्गीय थापाको उपचारबाट बचेको रकम संघसंस्थालाई

काठमाडौं, साउन २ : विवेकशील साझा पार्टीका नेता स्वर्गीय उज्ज्वल थापाको उपचारबाट बचेको ४२ लाख ५२ हजार रुपैयाँ सातवटा संघसंस्थालाई हस्तान्तरण गरिएको छ।

कोरोना र निमोनियाका कारण थापाको उपचारका क्रममा गत १८ जेठमा निधन भएको थियो ।

परिवारका अनुसार उनको उपचारका लागि संसारभरका शुभेच्छुकबाट ६७ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये २४ लाख २० हजार ३ सय ४९ रुपैयाँ उनको उपचारमा खर्च भएको थियो । र, बैंक तथा रकम स्थानान्तरणका लागि एक लाख १० हजार ९ सय ३४ रुपैयाँ खर्च भएको थियो । 

बाँकी ४२ लाख ५२ हजार २ सय रुपैयाँ संघसंस्थालाई वितरण गरिएको हो । कोरोना महामारीका कारण चिकित्सकीय र जीविकोपार्जन समस्या बेहोरिरहेकाहरूका लागि उक्त रकम खर्च हुने परिवारको भनाइ छ ।

सर्लाही, काठमाडौं, कपिलवस्तु, कालिकोट र वीरगञ्जका संघसंस्थाहरूलाई रकम हस्तान्तरण गरिएको हो ।
 

प्रकाशित मिति: २१:१३ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्