Kathmandu Press

शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरु सक्रिय छन् : प्रचण्ड

काठमाडौं, असार २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभि....

शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरु सक्रिय छन् : प्रचण्ड

काठमाडौं, असार २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए।

शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्ये एक भएपनि यसलाई भाँड्न केही मानिसहरुलाई युरोपलगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भइरहेको दाबी गरे।

प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरे। मोहन विक्रम सिंह, मोहन वैद्यलगायतका पुराना नेताहरुको वुद्धि  मुलुकको हित र कम्युनिष्ट एकताका लागि लगाउन आफ्नो पार्टीमा समाहित भएर जानु पर्ने प्रचण्डको भनाइ थियो।

उनले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दाबी गरे। वैद्य लगायतका पुराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने पनि प्रचण्डले बताए।
 

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, असार २०, २०७६