प्रदेश-२ मा माओवादी केन्द्रका दुई मन्त्रीले लिएर सपथ
प्रदेश-२ मा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । उक्त पार्टीबाट मन्त्री बनेका दुईजनाले शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
जनकपुर, साउन २ : प्रदेश-२ मा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । उक्त पार्टीबाट मन्त्री बनेका दुईजनाले शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले माओवादीका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख राजेश झाले मन्त्री साहलाई र मुख्यमन्त्री राउतले राज्यमन्त्री कर्णलाई सपथ ग्रहण गराएका हुन् ।
उनीहरूलाई मन्त्री बनाउन यसअघि आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोजसिंह कुसवाहले पदबाट राजिनामा दिएका थिए । दुवै जसपाबाट मन्त्री बनेका थिए ।
प्रकाशित मिति: २०:५० बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








