सांसदसिहत ८०१ जनाको कोरोना परीक्षण, तीन कर्मचारीको रिपोर्ट पजिटिभ
काठमाडौं, साउन २ : संघीय संसद दुवै सदनको नवौँ अधिवेशन आइतबार (भोलि) अपराह्न ४ बजेका लागि बोलाइएको छ।संसद् बैठकपूर्व प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका...
काठमाडौं, साउन २ : संघीय संसद दुवै सदनको नवौँ अधिवेशन आइतबार (भोलि) अपराह्न ४ बजेका लागि बोलाइएको छ।
संसद् बैठकपूर्व प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदलगायतको एन्टिजेन विधिबाट कोरोना परीक्षण सकिएकाे छ।
त्यसक्रममा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित सांसद, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, संसदीय मामिला पत्रकार गरी ८ सय १ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको र तीनजनाबाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
हिजो (शुक्रबार) र आज (शनिबार) गरिएको परीक्षणमा संसद सचिवालयका तीनजना कमैचारीमा कोरोना पजिटिभ देखिएको बताइएको छ।
कोरोना संक्रमण देखिएका तीनैजना कर्मचारीलाई पिसिआर परीक्षण गराइएको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।
प्रकाशित मिति: १७:४० बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








