माओवादी केन्द्रबाट प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ
जनकपुरधाम, साउन २ : प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट सहभागी भएका दुई मन्त्रीले आज (शनिबार) शपथ लिएका छन्।प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)...
जनकपुरधाम, साउन २ : प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट सहभागी भएका दुई मन्त्रीले आज (शनिबार) शपथ लिएका छन्।
प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री रुबी कर्णलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
साह महोत्तरी-१ (क) बाट निर्वाचित सांसद हुन्त्य भने कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन्। दुवै मन्त्रीले शपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै गराइएको बताइएको छ।
माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) राजपाका दुईजना मन्त्रीलाई शुक्रबार राजीनामा गराइएको थियो। मुख्यमन्त्री राउतले आज उक्त राजीना स्वीकृत गरेका छन्।
आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा दिएका थिए।


-1789640101-1789640288.jpg)








