Kathmandu Press

जनार्दन शर्माको प्रस्ताव–ज्येष्ठ होइन योग्य सचिवलाई मुख्य सचिव बनाऔं 

काठमाडौं, असार २० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी समिति सदस्य जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त....

जनार्दन शर्माको प्रस्ताव–ज्येष्ठ होइन योग्य सचिवलाई मुख्य सचिव बनाऔं 

काठमाडौं, असार २० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी समिति सदस्य जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले योग्यतम् सचिवलाई मुख्य सचिव बनाउन पनि सरकारलाई आग्रह गरे। शुक्रबार संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहोर्‍याए। 
 
नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानूनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पारे। ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै नेता शर्माले उसैलाई मुख्य सचिव बनाउने कानूनी  प्रावधान स्वीकार गर्न नसकिने पनि बताए।

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्