थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु
काठमाडौं, साउन २ : पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१०...
काठमाडौं, साउन २ : पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टाम २१ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ।
प्रकाशित मिति: १६:३८ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








