Kathmandu Press

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक 

काठमाडौं, साउन २ : माओवादी केन्द्रले भोलि (आइतबार) का लागि संसदीय दलको बैठक बोलाएको छ।भोलि बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक...
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक 

काठमाडौं, साउन २ : माओवादी केन्द्रले भोलि (आइतबार) का लागि संसदीय दलको बैठक बोलाएको छ।

भोलि बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो। उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको सहभागिता रहने जनाइएको छ। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरूको सहभागिता, समसामयिक राजनीतिक परिस्थिति, भावी रणनीति, पार्टी गतिविधिबारे छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए। 

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्