प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता
काठमाडौं, साउन २ : एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन्।समसामयिक राजनीतिक परिस्थितिबारे...
काठमाडौं, साउन २ : एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन्।
समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न आज (शनिबार) दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाल निवास पुगेको बताइएको छ।
प्रतिनिधिसभा पुनःस्थापनाअघि विपक्षी गठबन्धनमा रहेका नेता नेपाल सार्वोच्चको फैसलापछि सो गठबन्धनबाट बाहिरिएका थिए। तर पनि गठबन्धनसँगको नेता नेपालको निकटता टुटेको छैन। नेता नेपालले प्रधानमन्त्री शेरबाहुर देउवालाई विश्वासको मत दिने भने पनि एमाले एकता प्रयासले सार्थक रूप लिए फरक परिस्थिति सिर्जना हुन सक्ने सम्भावना बलियो छ।
सत्तारुढ गठबन्धनका लागि नेता नेपालको भूमिकाले आगामी दिनमा विभिन्न चुनौती निम्तिन सक्ने आँकलन गरिएको छ।
तिनै सम्भावित चुनौतीलाई परास्त गर्न अहिलेदेखि अभ्यास सुरु भइसकेको बताइन्छ। यसै सन्दर्भमा प्रचण्डले नेता नेपाल भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भोलि (आइतबार) प्रतिनिधिसभा बैठक बस्ने लागेको छ। उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको समर्थन, सरकार विस्तारबारे पनि उनीहरुबीच छलफल भएको बताइएको छ।


-1789640101-1789640288.jpg)








