Kathmandu Press

शनिबार ५ बजे ओली र आइतबार बिहान नेपालसँग भेट्दै एमालेको विघटित कार्यदलका सदस्यहरू

शुक्रबार विघटित एमालेको कार्यदलका सदस्यहरूले शनिबार साँझ पाँच बजे अध्यक्ष केपी ओलीसँग भेट्ने भएका छन् । वरिष्ठ नेता नेपालसँग आइतबार बिहान भेट्ने उनीहरूको तयारी छ।
शनिबार ५ बजे ओली र आइतबार बिहान नेपालसँग भेट्दै एमालेको विघटित कार्यदलका सदस्यहरू

काठमाडौं, साउन २ : शुक्रबार विघटित एमालेको कार्यदलका सदस्यहरूले शनिबार साँझ पाँच बजे अध्यक्ष केपी ओलीसँग भेट्ने भएका छन् । वरिष्ठ नेता नेपालसँग आइतबार बिहान भेट्ने उनीहरूको तयारी छ ।

एमाले स्थायी समितिका सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्बाङका अनुसार कार्यदल विघटन भएकाले स्थायी समितिका केही सदस्यले शनिबार सिंहदरबारमा अनौपचारिक भेटघाट भएको हो ।

‘पार्टी एकताका लागि हाम्रो कोशिस जारी छ,’ नेम्बाङले काठमाडौं प्रेससँग भने, ‘एमाले स्थायी समितिका केही सदस्यले पार्टीलाई एकताबद्ध बनाउन सरसल्लाह गरेका हौँ । कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अगाडि बढौँ भनेर दुईजना नेताहरूलाई आग्रह गरौँ भन्ने निष्कर्ष निकालेका छौँ ।’

उनका अनुसार शनिबार पाँच बजेका लागि अध्यक्ष ओलीले समय दिएका छन्, वरिष्ठ नेता नेपालसँग आइतबार बिहान समय लिने प्रयास भइरहेको छ ।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पनि एमाले नेताको हैसियतमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग भेट गर्ने निष्कर्ष शनिबारको बैठकले निकालेको छ । कार्यदल विघटन भए पनि आफूहरूको प्रयास जारी रहने पाण्डेले बताए ।

१० बुँदे सहमति कार्यान्वयन र पार्टी एकतामा थप पहलका लागि दबाबस्वरूप उनीहरूले ओली र नेपाललाई भेट्न लागेका हुन् ।

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्