एमाले स्थायी कमिटी बैठक आइतबार र केन्द्रीय कमिटीकाे सोमबार
काठमाडौं, साउन २ : एमालेको काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पर्सि (सोमबार) बस्दैछ।उक्त बैठकका लागि एजेन्डा तय गर्न र विधान अधिवेशन तयारी...
काठमाडौं, साउन २ : एमालेको काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पर्सि (सोमबार) बस्दैछ।
उक्त बैठकका लागि एजेन्डा तय गर्न र विधान अधिवेशन तयारी गर्न भोलि (आइतबार) बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयले जनाएको छ।
भोलि बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटीको बैठक साउन ३ गते ११ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमालेले विधान अधिवेशन यही साउन २५ र २७ गते हुँदैछ।
पुनःस्थापित संसद बैठक भोलि (साउन ३ गते सोमबा) ४ बजेका लागि बोलाइएको छ। संसद बैठकमा एमालेको भूमिकाबारे छलफल गर्न पनि स्थायी कमिटी बैठक बोलाइएको उनले बताए।
पार्टीलाई २०७५ जेठ २ भन्दा अगाडिको अवस्थामा पुर्याइएको भन्दै आइतबारको स्थायी कमिटी बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ।
हिजो (शुक्रबार) पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। तर उक्त बैठकमा नेपाल समूह सहभागी भएन।
उक्त बैठकले आन्तरिक विवाद हल गरी पार्टी एकतालाई मजबुत बनाउन गठित कार्यदलले गरेको १० बुँदे सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा लाने निर्णय गरेको थियो। सो निर्णयलाई अनुमोदनका लागि सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने बताइएको छ।
एमाले अध्यक्ष केपी ओलीले अदालतको फैसला आएको भोलिपल्टै केन्द्रीय कमिटी बैठक डाकेका थिए। तर पार्टी एकता प्रयासलाई रोकिएको थियो।


-1789640101-1789640288.jpg)








