Kathmandu Press

काठमाडौंकी उपमेयर हरिप्रभा अस्पताल भर्ना, सामान्य हृदयघातको आशंका

काठमाडौं, असार २० : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की नर्भिक अस्पताल भर्ना भएकी छिन्। 

स्वास्थ्यमा समस्या आएपछि उ....

काठमाडौंकी उपमेयर हरिप्रभा अस्पताल भर्ना, सामान्य हृदयघातको आशंका

काठमाडौं, असार २० : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की नर्भिक अस्पताल भर्ना भएकी छिन्। 

स्वास्थ्यमा समस्या आएपछि उपमेयर खड्की नर्भिक अस्पताल भर्ना भएकी हुन्। एक्कासी प्रेसर बढेपछि उपमेयर खड्की बिहीबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएकी हुन्।

उनलाई सीसीयुको २०२ नम्बर बेडमा राखेर उपचार गरिराखिएको छ।  उनलाई माइनर ‘हर्ट अट्याक’ भएको चिकित्सकहरुले आशंका गरेका छन्। 

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेर कांग्रेस नेता प्रकाशमान सिंहले उपमेयर खड्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

नेता सिंहसँगै उपमेयर खड्कीलाई भेटेर फर्किएका उनका सहयोगी युपी लामिछानेले भने हृदयघात नभएर प्रेसरका कारण छातीमा दुखाई बढेपछि सास फेर्न अप्ठेरो हुनासाथ अस्पाताल भर्ना भएको काठमाडौंप्रेसलाई जानकारी दिए। लामिछानेका अनुसार उपमेयर खड्कीको स्वास्थ्यमा सुधार आइरहेको छ।

‘चिकित्सकहरुले उपमेयर खड्कीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका छन्,’ लामिछानेले भने,‘एक–दुई दिन अस्पतालमै राखेर स्वास्थ्य हेरेर डिस्चार्ज गर्ने कुरा गर्नु भएको छ।’
 

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, असार २०, २०७६