बेलायतमा युवा वैज्ञानिक अवार्डका लागि नेपालबाट निश्चल बानियाँ मनोनीत

काठमाडौं, साउन २ : आगामी नोभेम्बर १५ मा बेलायतमा युवा वैज्ञानिक अवार्ड घोषणा कार्यक्रम हुँदैछ। सो अवार्डका लागि नेपालबाट निश्चल बानियाँ मनोनीत भएका छन्। २२ वर्षीय उनी बागमती युनेस्को क्लबका अध्यक्ष हुन्।
कार्बन क्याप्चर प्रविधिमा पुर्याएको योगदानलाई प्रोत्साहन गर्दै युरोपियन साइन्स कन्फरेन्सले उनलाई सो अवार्ड कार्यक्रमका लागि मनोनीत गरेको हो।
बानियाँ हाल चीनको जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीबाट केमिकल इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा स्नातक गरिरहेका छन्।
उनको अध्ययन-अनुसन्धानका विषय इन्डस्ट्रियल वेस्ट वाटर ट्रिटमेन्ट, बायोफ्युल, कोभिड-१९ लगायत हुन्। उनी हालआफू अध्ययनरत विश्वविद्यालयकै ल्याबोरेटरी अफ अर्गानिक केमिस्ट्रीमा अनुसन्धान सहायक पनि हुन्।
उनी अमेरिकाको वर्ल्ड एकेडेमी अफ साइटिस्टले प्रकाशन गर्ने नर्थ अमेरिकन एकेडेमिक रिसर्च जर्नलका सहायक सम्पादकका रूपमा पनि कार्यरत छन्।
केमिकल इन्जिनियरिङमा पुर्याएको योगदानस्वरूप बानियाँले युवा वैज्ञानिकको अवार्ड जितिसकेको छ। उनलाई उक्त अवार्ड मिटिङस इन्टरनेसनल फ्रम सिंगापुर २०२० ले प्दान गरेको हो।


-1789640101-1789640288.jpg)








