Kathmandu Press

मस्तिष्कघात भई उपचाररत मेयर जिसीको शल्यक्रिया हुँदै

मस्तिष्कघात भई उपचाररत मेयर जिसीको शल्यक्रिया हुँदै

काठमाडौं, साउन २ : उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौंस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ। 

मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका जिसीको अस्पतालका न्यूरोसर्जन डा सुरज थुलुङ र डा शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ।

शुक्रबार बिहान करीब ४ः०० बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उनको शरीरको देब्रेतर्पm समस्या देखिएको थियो । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्पmत काठमाडौँ लगिएको हो। 

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्पmत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रकाशित मिति: १२:२७ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्