Kathmandu Press

ठाकुर र महतोले बालकोट पुगेर भेटे ओलीसँग

काठमाडौं, साउन २ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता बालकोट...
ठाकुर र महतोले बालकोट पुगेर भेटे ओलीसँग

काठमाडौं, साउन २ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता बालकोट पुगेका छन्। 

शनिबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका हुन्। 

ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक जसपाको ठाकुरपक्षसँग भेटवार्ता भएको हो। 

बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट मात्र भएको बताइएको छ । 

प्रधानमन्त्री हुँदा ओलीलाई जसपाको ठाकुर पक्षले साथ दिएको थियो। 

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्