Kathmandu Press

ओली र नेपाल पक्षका नेताहरुबीच छलफल 

काठमाडौं, साउन २ : नेकपा एमालेको पार्टी एकताको विषयमा छलफल गर्न बसेको अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक सकिएको छ।शनिबार...
ओली र नेपाल पक्षका नेताहरुबीच छलफल 

काठमाडौं, साउन २ : नेकपा एमालेको पार्टी एकताको विषयमा छलफल गर्न बसेको अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक सकिएको छ।

शनिबार बिहान सिंहदरबारमा बसेको बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल भएको हो। 

छलफल पार्टी एकता कसरी जोगाउने भन्नेबारे केन्द्रित रहेको बताइएको छ । 

एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो।

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्