Kathmandu Press

वैदेशिक रोजगार व्यवसायी पक्राउ गरेकोमा संघको विरोध

काठामाडौ, असार २० : वैदेशिक रोजगार व्यवसायीलाई पक्राउ गरेकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ।

चार करोड ठगी गरेको आरोपमा ....

वैदेशिक रोजगार व्यवसायी पक्राउ गरेकोमा संघको विरोध

काठामाडौ, असार २० : वैदेशिक रोजगार व्यवसायीलाई पक्राउ गरेकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ।

चार करोड ठगी गरेको आरोपमा इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल राई हिजो प्रहरीले पक्राउ गरेको थियो। संघले त्यसको विरोध गरेको हो। आज संघले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ।

संघका अध्यक्ष रोहन गुरुङले ठगी भएको हो वा होइन भन्ने पत्ता लगाएर मात्रै कारवाही गरिनु पर्ने बताए। ‘यदि गल्ती  गरेको हो भने पीडितलाई क्षतिपूर्ति दिलाई कडा कारवाहि गर्न हाम्रो  पनि माग छ’ अध्ययक्ष गुरुङले काठमाडौंप्रेस सँग भने।

यसैबीच संघले छबिलाल राई र इगल हन्टर ओभरसिज सर्भिसेज प्रा.लि.लाई संघको साधारण सदस्यबाट हटाउने जनाएको छ।

जेल गार्डमा विदेश पठाउने भन्दै युवाबाट रकम असुलेको प्रहरीमा उजुरी परेको थियो। त्यसपछि राई फारर रहेका थिए। उनलाई हिजो पक्राउ गरिएको हो।

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्