माओवादीलाई सरकारमा ल्याउन दुई मन्त्रीले दिए राजीनामा
जनकपुर, साउन २ : नेकपा (माओवादी केन्द्र) सरकारमा आउने भएपछि प्रदेश २ का दुई मन्त्रीले राजीनामा दिएका छन्।प्रदेश २ सरकारमा सहभागी जनता समाजवादी...
जनकपुर, साउन २ : नेकपा (माओवादी केन्द्र) सरकारमा आउने भएपछि प्रदेश २ का दुई मन्त्रीले राजीनामा दिएका छन्।
प्रदेश २ सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्।
मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षका हुन्। माओवादीलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।
दुवै जनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजनीमा पत्र बुझाएका छन्। अब आज उनीहरुको ठाउँमा माओवादीका दुई जनालाई मन्त्री बनाइने भएको छ।
माओवादीबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बनाउने तयारी रहेको छ। दुवै जनालाई आज शपथ ग्रहण गराउने जनाइएको छ।
प्रकाशित मिति: ०७:५५ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








