आज प्रदेश २ को मन्त्रिपरिषद् विस्तार गरिँदै, माओवादीबाट दुई मन्त्री थपिने
जनकपुर, साउन २ : नेकपा (माओवादी केन्द्र)लाई समेटेर प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ।मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका...
जनकपुर, साउन २ : नेकपा (माओवादी केन्द्र)लाई समेटेर प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। केन्द्रमा सरकारमा सहभागी भएपछि प्रदेश पनि माओवादी सरकारमा जान लागेको हो।
माओवादीले दुई जनालाई प्रदेश सरकारमा पठाउन लागेको छ। शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले भरत साह र रुबी कर्णलाई सरकारमा पठाउने निर्णय गरेको छ।
प्रदेश संसदीय दलका नेता रहेका साह मन्त्री र कर्ण राज्यमन्त्रीका रुपमा राउत सरकारमा सहभागी हुनेछ। साह महोत्तरी क्षेत्र १ ‘ख’ बाट र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन्।
उनीहरुको आज शपथ ग्रहण गराउने कार्यक्रम रहेको माओवादी सचेतक दिलीपकुमार साहले बताए। दुवै जना जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्।
प्रकाशित मिति: ०७:४७ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








