Kathmandu Press

सत्तारुढ काँग्रेसले बोलायो दलको बैठक 

काठमाडौं, साउन १ : सत्तारुढ दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।बैठक आईतबार दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संसद भवनको...
सत्तारुढ काँग्रेसले बोलायो दलको बैठक 

काठमाडौं, साउन १ : सत्तारुढ दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक आईतबार दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ । सर्वोच्चको फैसला अनुसार दोश्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना भएपछि आईतबार बेलुका ४ बजेका लागि प्रतिनिधि सभाको पहिलो बैठक आह्वान गरिएको छ ।

सर्वोच्चको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै संसदमा के कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुने बुझिएको छ ।

यसका साथै एक महिनाभित्र संसदबाट लिईनुपर्ने विश्वासको मतका बिषयमा पनि छलफल हुन सक्ने स्रोतले बतायो । 

प्रकाशित मिति: २२:२७ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्