Kathmandu Press

प्रदेश २ सरकारमा माओवादी केन्द्र सरकारमा सहभागी हुने, शपथ भोलि

काठमाडौं, साउन १ : प्रदेश नं २ सरकारले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।माओवादी केन्द्रका तर्फबाट एक मन्त्री...
प्रदेश २ सरकारमा माओवादी केन्द्र सरकारमा सहभागी हुने, शपथ भोलि

काठमाडौं, साउन १ : प्रदेश नं २ सरकारले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।

माओवादी केन्द्रका तर्फबाट एक मन्त्री र एक राज्यमन्त्रीलाई सहभागी गराएर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओबादीबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने भएका छन् । उनीहरूले शनिबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने तय भएको छ । तर, मन्त्रालयको अझै टुङ्गो लागेको छैन् ।

यद्यपि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमति भएको बुझिएको छ । जसपाबाट मन्त्री बनेका एक मन्त्रीलाई राजीनामा दिलाएर माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन लागिएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

सोही दिन माओवादी केन्द्रलाई पनि सहभागी गराउने कसरत गरिएपनि मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन् । 
 

प्रकाशित मिति: २१:०९ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्