Kathmandu Press

सर्वोच्चविरुद्ध भण्डाफोर अभियान चलाउने एमालेको निर्णय

काठमाडौं, साउन १ : नेकपा एमालेले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको स्थायी कमिटी बैठकले...
सर्वोच्चविरुद्ध भण्डाफोर अभियान चलाउने एमालेको निर्णय

काठमाडौं, साउन १ : नेकपा एमालेले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने निर्णय गरेको हो । सर्वोच्च अदालतले देशलाई निर्दलीय व्यवस्थातर्फ लैजाने गरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भन्डाफोर अभियान सञ्चालन गर्ने उसको निर्णय छ ।

सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर देशलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानका धारा र उपधाराको अपव्याख्या गर्दै जनमतलाई बेवास्ता गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको एमालेको भनाइ छ ।

बैठकले ओली नेतृत्वको सरकारले बाढी–पहिरो पीडित घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निःशुल्क उपचार गर्न माग पनि गरेको छ । 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्