Kathmandu Press

एसियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

काठमाडौं, साउन १ : फिलिपिन्समा आयोजना हुने २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप-२०२१ खेल्नबाट नेपाल वञ्चित भएको छ।कोभिड-१९ को नयाँ भेरियन्टको अति संवेदनशील...
एसियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

काठमाडौं, साउन १ : फिलिपिन्समा आयोजना हुने २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप-२०२१ खेल्नबाट नेपाल वञ्चित भएको छ।

कोभिड-१९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ।

उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो। नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो।

यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ। त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ।

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्