Kathmandu Press

टी-२० विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तान एउटै समूहमा

काठमाडौं, साउन १ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेके तालिका अनुसार दुई छिमेकी मुलुक...
टी-२० विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तान एउटै समूहमा

काठमाडौं, साउन १ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेके तालिका अनुसार दुई छिमेकी मुलुक भारत र पाकिस्तान एउटै समूहमा परेका छन्।

विश्वकपमा सुपर १२ मा १२ टिम सहभागी हुनेछन्। जसमा टी-२० वरीयताका शीर्ष आठ टिम सिधै सुपर १२ मा पुग्नेछन् भने ४ टिम छनोट भएर आउनेछन्। 

सुपर १२ लाई २ समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तना रहेका समूह बीमा अफगानिस्तान, न्युजिल्यान्ड तथा छनोटको समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेता रहेका छन् । यस्तै, समूह एमा इंग्ल्यानड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज तथा समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता रहनेछन्।

भारतका आयोजना हुने भनिएको प्रतियोगिता कोरोनाका कारण ओमान र युएईमा संयुक्त रुपमा अयोजना हुनेछ। टी-२० विश्वकप अक्टोबर १७ देखि नेभेम्बर १४ सम्म आयोजना हुनेछ।

छनोटमा आठ टिम हुनेछन्। जसमा समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान छन्।

यसबाट समूहका शीर्ष दुई टिम सुपर १२ मा पुग्नेछन्।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्