चीनले नेपाललाई थप १६ लाख डोज कोभिड खोप दिने
चीनले नेपाललाई थप १६ लाख डोज कोभिड-१९ विरुद्धको खोप दिने भएको छ।
काठमाडौं, साउन १ : चीनले नेपाललाई थप १६ लाख डोज कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार चिनियाँ राजदूत होउ यान्छीले त्यसबारे जानकारी दिएकी हुन् ।
प्रधानमन्त्री देउवालाई बधाइ ज्ञापन गर्न बालुवाटार पुगेकी राजदूत होउले १६ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराइने बताइन् ।
कोभिड–१९ महामारीविरुद्ध लड्न चीनले नेपाललाई दिँदै आएको सहयता निरन्तर रहने र त्यसको एक पाटोका रूपमा खोप पनि रहेको राजदूत होउले बताएकी थिइन् ।
महामारीविरुद्ध लड्न छिमेकी मुलुक चीनको निरन्तर सहयोगप्रति प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका थिए । र, थप सहयोगका लागि आग्रह गरेका थिए ।
प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








