Kathmandu Press

कप्तान खड्काले सम्हाल्दै छन् नेपालको इनिङ (अपडेट)

काठमाडौं, माघ १४ : तेस्रो एकदिवसीय खेलमा यूएईले नेपाललाई दिएको दुई सय ५५ रनको लक्ष्यको जवाफी ब्याटिङमा नेपालले २५ ओभरको खेल सकिँदा ३ विकेट गुमाउँदै १२७ रन बनाएको ....

कप्तान खड्काले सम्हाल्दै छन् नेपालको इनिङ (अपडेट)

काठमाडौं, माघ १४ : तेस्रो एकदिवसीय खेलमा यूएईले नेपाललाई दिएको दुई सय ५५ रनको लक्ष्यको जवाफी ब्याटिङमा नेपालले २५ ओभरको खेल सकिँदा ३ विकेट गुमाउँदै १२७ रन बनाएको छ । कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

खेलको शुरूमै ८ रन मात्र बनाएर विनोद भण्डारी आउट भएपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले नेपालको इनिङ सम्हालेका थिए ।

तर, मल्ल पनि ३५ बलमा ३१ रन बनाएर आउट भए भने दिलिपसिंह ऐरी ६ रनमा आउट भएका छन् । अहिले पारस खड्का ६० र सन्दिप जोरा १९ रनमा नटआउट छन् ।

यसअघि, टस जितेर यूएईलाई ब्याटिङका लागि निम्त्याएको नेपालले राम्रो शुरूवात गरेको थियो । शुरूवाती दुई विकेट दुई रनमै गएका थिए ।

प्रकाशित मिति: १०:२६ बजे, सोमबार, माघ १४, २०७५