Kathmandu Press

कोभिड-१९ विरुद्ध खोप केन्द्र थप्न प्रधानमन्त्रीले दिए मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्ध खोप लगाउन नागरिकको लामो लाइन घटाउनका लागि खोप केन्द्र थप्न निर्देशन दिएका छन् ।
कोभिड-१९ विरुद्ध खोप केन्द्र थप्न प्रधानमन्त्रीले दिए मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन

काठमाडौं, साउन १ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्ध खोप लगाउन नागरिकको लामो लाइन घटाउनका लागि खोप केन्द्र थप्न निर्देशन दिएका छन् ।

मुख्यसचिव शंकरदास वैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर प्रधानमन्त्री देउवाले खोप केन्द्र थपेर नागरिकलाई सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकताअनुसार खोप केन्द्रहरू बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्