Kathmandu Press

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतले भेटेर दिइन् बधाइ

प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाइ दिएकी छन्।
प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतले भेटेर दिइन् बधाइ

काठमाडौं, साउन १ : प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाइ दिएकी छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर राजदूत होउले प्रधानमन्त्रीलाई बधाइ दिएकी हुन् ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । राजदूत होउले दुई मुलुकबीचको परम्परागत सम्बन्धका विभिन्न आयामबारे चर्चा गरेकी थिइन् ।
 

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्