Kathmandu Press

‘कसैलाई मास्क लगाउने बानी परेको छ भने लगाइराख्नुस्’

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले मास्क लगाउने बानी परेकाले लगाइराख्दा हुने प्रतिक्रिया दिएका छन्।

सामाजवादी पार्टीका नेताह....

‘कसैलाई मास्क लगाउने बानी परेको छ भने लगाइराख्नुस्’

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले मास्क लगाउने बानी परेकाले लगाइराख्दा हुने प्रतिक्रिया दिएका छन्।

सामाजवादी पार्टीका नेताहरूलाई शुक्रबार नेकपामा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले काठमाडौंमा धुलो कम भएको दाबी गरे। यसअघि उनले मास्क लगाउन छोडिएको बताएका थिए। 

प्रधानमन्त्री ओलीले अहिले काठमाडौंमा धुलो कम भएको बताए। ‘मैले काठमाडौंमा पहिले भन्दा अहिले धुलो निकै कम भएको छ भनेको हुँ,’प्रधानमन्त्रीले आफ्नो भनाइ स्पष्ट पार्न खोजे।

प्रधानमन्त्री ओलीले कसैलाई मास्क लगाउने बानी परेको सुनाए। त्यतिबेला कार्यकर्ताले हास्दै ताली बजाएका थिए। ‘कसैलाई मास्क लगाउने बानी परेको छ भने, लगाइराख्नुहोस,’ प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुन्छ।’

उनले आफू प्रधानमन्त्री भएपछि काठमाडौंमा धेरै सुधार भएको बताए। धुवा र धुलो कम भएको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्