राष्ट्रपति भण्डारीद्वारा आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीलाई शपथ गराउन अस्वीकार
राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई पद तथा गोपनीयताको शपथ गराउने प्रचलित अभ्यास छ । तर यसपटक भने उक्त परम्परा तोडिएको छ।
काठमाडौं, साउन १ : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन्।
राष्ट्रपति भण्डारीको उक्त अस्वीकृतिका कारण महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा गराउने तयारी भइरहेकोको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खातीलाई महान्यायाधिवक्ताका रूपमा खातीलाई सिफारिस गरेको तियो। बिहीबार राष्ट्रपति भण्डारी आफैंद्वारा नियुक्त महान्यायाधिवक्ता खातीको शपथमा भने उनले उपस्थितका लागि अस्वीकार गरेकी हुन्।
राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई पद तथा गोपनीयताको शपथ गराउने प्रचलित अभ्यास छ । तर यसपटक भने उक्त परम्परा तोडिएको छ।
महान्यायाधिवक्ता खातीले आफू राष्ट्रपति र सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको राष्ट्रपतिबाटै नियुक्ति पनि भइसकेको हुँदा विगतको अभ्यासबमोजिम नै शपथ हुनुपर्ने अडान राखेका थिए।
तर राष्ट्रपति कार्यालयले भने शपथका लागि सर्वोच्च अदालतलाई नै परिपत्र गरिएको जवाफ दिएको बताइएको छ।
निवर्तमान महान्यायाधिवक्ता रमेश बडाललाई भने राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए।


-1789640101-1789640288.jpg)








