बैठक रोकेनन् ओलीले, नेपाल पक्षका नेता बाहिरिए
एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू बैठक स्थलबाट बाहिरिएका छन् ।
काठमाडौं, साउन १ : एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू बैठक स्थलबाट बाहिरिएका छन् ।
बैठकस्थलमा उपस्थित भएर पनि उनीहरूले माइन्युटमा हस्ताक्षर गरेनन् । बैठक रोक्न आग्रह गरे, ओलीले अस्वीकार गरे अनि उनीहरू बैठकस्थलबाट बाहिरिए ।
उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट र भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे बैठक रोक्न माग गर्दै बैठकस्थलमा पुगेका थिए ।
कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने उल्लेख गर्दै उनीहरूले बैठक रोक्न माग गरेका हुन् ।
च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा ओली पक्षको स्थायी समिति बैठक जारी छ ।
प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








