Kathmandu Press

सनवे कलेजमा निःशुल्क आईटी प्रशिक्षण

काठमाडौं, असार २० : आईटीसम्बन्धी युवालाई जानकारी दिन सनवे कलेजले निःशुल्क आईटी प्रशिक्षण कक्षा सञ्चालन गरेको छ।

काठमाडौंमा आयोजना गरेको निःश....

सनवे कलेजमा निःशुल्क आईटी प्रशिक्षण

काठमाडौं, असार २० : आईटीसम्बन्धी युवालाई जानकारी दिन सनवे कलेजले निःशुल्क आईटी प्रशिक्षण कक्षा सञ्चालन गरेको छ।

काठमाडौंमा आयोजना गरेको निःशुल्क एकहप्ते आधारभूत आईटी प्रशिक्षणको चौथो समूहको कक्षा चलिरहेको छ। प्रशिक्षणमा हार्डवेयर र सफ्ट्वेयर, वेभ डिजाइन, फोटो र भिडियोग्राफी, साइबर सेक्युरिटी, प्रोग्रामिङ र आर्टिफिसिएल इन्टेलिजेन्सका विषयमा प्रशिक्षण चलिरहेको कार्यक्रम संयोजक किरणसिंह कटवालले बताए।

यस अघि तीन समूहलाई प्रशिक्षण दिएको थियो। अब पाँचौं र छैटौ समुहको छिट्टै प्रशिक्षण सुरू हुने जनाएको छ।

आईटी र बिजनेससम्बन्धी विभिन्न प्रशिक्षण दिदै आएको सनवे कलेजले मलेसियाको इन्फ्राइस्टक्चर युनिभर्सिटीबाट सम्बन्धन लिएर कम्प्युटर साइन्स र एमबिएको अध्यापन गराउदै आएको छ।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्