Kathmandu Press

ओलीले भने- अब रचनात्मक प्रतिपक्षमा

एमाले अध्यक्ष केपी ओलीले अब आफ्नो समूह रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।
ओलीले भने- अब रचनात्मक प्रतिपक्षमा

काठमाडौं, साउन १ : एमाले अध्यक्ष केपी ओलीले अब आफ्नो समूह रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

अदालतको परमादेशबाट नयाँ सरकार गठन भएपछि आफूहरूको भूमिका फेरिएको उनले स्वीकारेका हुन् । र, सक्रिय एवं रचनात्मक प्रतिपक्षको भूमिका वहन गर्ने उनको भनाइ छ ।

एमाले स्थायी कमिटी बैठकमा ओलीले आवेग र उत्तेजनामा नआई प्रतिपक्षी भूमिकामा रहने बताए ।

उनको समूहका केही नेता-कार्यकर्ता भने सर्वोच्च अदालतको २८ असारको फैसलाविरुद्ध अशोभनीय रूपमा आन्दोलनमा छन् ।

प्रतिनिधिसभा पुनःस्थापना हुने सर्वोच्च अदालतको फैसलाप्रति भने उनले असहमति जनाए । तर, कार्यान्वयनमा जाने बताए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरू अनुपस्थित छन् ।
 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्