Kathmandu Press

एमाले स्थायी कमिटी बैठक रोक्ने नेपाल समूह कार्यदल सदस्यहरूको प्रयास

काठमाडौं, साउन १ : एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसिरहेका छ।उक्त बैठक रोक्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका कार्यदल सदस्यहरू...
एमाले स्थायी कमिटी बैठक रोक्ने नेपाल समूह कार्यदल सदस्यहरूको प्रयास

काठमाडौं, साउन १ : एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसिरहेका छ।

उक्त बैठक रोक्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका कार्यदल सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थल पुगेका छन्।

उमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको नेपाल सम्मूहले १० बुँदे सहमतिको टुंगो नलागेसम्म कुनै पनि बैठक बस्न नहुने बताएको छ।

बैठक सुरु भएको करिब आधा घण्टापछि बैठक हलमा प्रवेश गरेपछि उनीहरूमाथि बैठकमा सहभागी हुन आएको भनी प्रश्न गरिएकाे थियाे। उनीहरूले बैठक रोक्न आग्रह गर्न आएको जवाफ दिएका थिए। नेपाल समूहले स्थायी बैठकमा सहभागी नहुने जनाएको छ।

यसअघि केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि आजको स्थायी कमिटी बैठकमा सहभागी भएका छैनन्।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्