एन्टिजेन विधिबाट सांसदहरूको कोरोना परीक्षण सुरु
काठमाडौं, साउन १ : पर्सि (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ।त्यसका लागि आज (शुक्रबार) सांसदहरुको कोरोना परीक्षण सुरु भएको...
काठमाडौं, साउन १ : पर्सि (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ।
त्यसका लागि आज (शुक्रबार) सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई लाइट हलमा एन्टिजेन विधिबाट सांसदहरूको कोरोना परीक्षण सुरु गरिएको हो।
प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलयले सूचना प्रकाशन गरेर जानकारी दिएको छ।
सांसदहरूका अलावा संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको पनि आजै एन्टिजेन परीक्षण गराइने संसद सचिवालयद्वारा सम्प्रेषित सूचनामा उल्लेख छ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म परीक्षणको समय निर्धारण गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी छन्।



-1789640101-1789640288.jpg)








