Kathmandu Press

बालुवाटारस्थित सरकारी निवासमा सरे प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १ : प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन्।बिहान १० बजेर ३ मिनेट जाँदाको...
बालुवाटारस्थित सरकारी निवासमा सरे प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १ : प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन्।

बिहान १० बजेर ३ मिनेट जाँदाको साइत पारेर उनी सरकारी निवास प्रवेश गरेका हुन्। बूढानीलकण्ठदेखि बालुवाटार नपुगेसम्म उनलाई सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेर कांग्रेस सभापतिसमेत रहेको देउवालाई गत सोमबार मिति र समय नै तोकेर प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सोही आदेशअनुसार गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ अनसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्