Kathmandu Press

आज लुम्बिनी र गण्डकी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, साउन १ : आज लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम...
आज लुम्बिनी र गण्डकी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, साउन १ : आज लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज पश्चिम क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। आज बिहान देशभर सामान्य बदली रही  प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबारदेखि भने मनसुनी वायु देशभर सक्रिय हुने भएकाले देशैभर जसो लगातार पानी पार्ने सम्भवना रहेको छ।

 

प्रकाशित मिति: ०८:०९ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्