Kathmandu Press

अभिव्यक्ति स्वतन्त्रताका नाममा अराजकता फैलाउन पाइन्न : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, असार २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउन नपाइने बताएका छन्।

....
अभिव्यक्ति स्वतन्त्रताका नाममा अराजकता फैलाउन पाइन्न : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, असार २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउन नपाइने बताएका छन्।

शुक्रबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ उनले अराजकता फैलाउने कामलाई नियन्त्रण गरिने बताए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको उनको भनाइ थियो। ‘तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउन पाइन्न,’ मन्त्री बाँस्कोटाले भने, ‘प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने छ।’

अहिले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरिरहेको उनको भनाइ थियो। ‘प्रेस चलेकै छन् एकदम राम्ररी। एकदम राम्रोसँग चलिरहेका छन्। र सबैले आफुलाई लागेको कुरा भएपनि नभएपनि पुष्टि भएपनि नभएपनि गजबले गरिराख्न पाउनुभएको छ,’ उनले व्यंग्य गर्दै भने, ‘त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई। एकदम स्वतन्त्र छ।’

सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने उनले बताए।

‘लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाही के छ? अप्ठ्यारो के प¥यो भने विपी कोइरालाको पालामा सुरु भएको। अब झिकिदिउँ भने फेरी अथ्र्योकै पर्ला भनेर कायम राखेको। तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन। किनभने डबल पर्न जान्छ। डबल गर्न सकिदैन,’ मन्त्री बाँस्कोटाले भने।

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए। संसदभित्र छलफल नै नगरि संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्