राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
काठमाडौं, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।नेपालको...
काठमाडौं, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।
नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








