Kathmandu Press

महान्यायाधीवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं, असार ३१ : अधिवक्ता खम्मबहादुर खाती महान्यायाधीवक्तामा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) अनुसार...
महान्यायाधीवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं, असार ३१ : अधिवक्ता खम्मबहादुर खाती महान्यायाधीवक्तामा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) अनुसार खातीलाई महान्यायाधीवक्तमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गर्न आजै राष्ट्रपति समक्ष सिफारस गरेका थिए ।

बाजुराका खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव समेत हुन्।

सर्वोच्च अदालतले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै मंगलबार रमेश बडालले महान्यायाधीवक्ताबाट राजिनामा दिएपछि पद रिक्त थियो।

 

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्