'ओलीका अभिव्यक्तिले न्यायपालिकामाथि गम्भीर आँच पुग्यो'
काठमाडौं, असार ३१ : सर्वोच्च अदालत बार एशोसिएशनले संसद विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकका अभिव्यक्तिबाट स्वतन्त्र...
काठमाडौं, असार ३१ : सर्वोच्च अदालत बार एशोसिएशनले संसद विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकका अभिव्यक्तिबाट स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको जनाएको छ ।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीको पुत्ला दहन गर्ने र पदीय मर्यादामाथि गम्भीर आक्षेप लगाइ गाली गलौज गर्ने, भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने लगायतका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्।
स्वतन्त्र न्यायपालिकाको गरिमालाई कायम राख्न न्यायलयबाट हुने आदेश तथा फैसलाको उचित मूल्याङ्कन र विश्लेषण, प्राज्ञिक तथा स्वस्थ टिकाटिप्पणी गर्न सकिने भएपनि ओली र उनका समर्कका अभिव्यक्तिले न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको सर्वोच्च बारको भनाइ छ।
संविधान र कानुनको ब्याख्या गर्ने क्रममा नेपालको संविधानको धारा १२६ को उपधारा (१) र धारा १२८ को उपधारा (२) ले दिएको अधिकार प्रयोग गरी संविधान, प्रचलित कानुन र विधिशास्त्रीय मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सम्मानित सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र सो आदेशको विरुद्ध कुनै किसिमका अमर्यादित गतिविधि नगर्नरनगराउन तथा संयमित हुन सम्बन्धित पक्षसमक्ष यो बार गहिरो आग्रह गर्दछ, सर्वोच्च बारले विज्ञप्तिमार्फत भनेको छ।


-1789640101-1789640288.jpg)








