Kathmandu Press

पार्टी एकताका लागि एमालेमा दोस्रो तहका नेताहरु पुनः सक्रिय

पार्टी एकताका लागि एमालेमा दोस्रो तहका नेताहरु पुनः सक्रिय

काठमाडौं, असार ३१ : पार्टी एकता धरापमा परेपछि सहमतिका लागि भएको दशबुँदे विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः सक्रिय भएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो ।

सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान दिने बताएका छन् ।

सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् । ओलीले शुक्रबार बोलाइएको संसदीय दलको बैठक रोक्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेताहरुका साझा मत छ ।

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्