सिंहदरबारमा सत्ता गठबन्धनको बैठक सम्पन्न
काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक सिंहदरबारमा बसेको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा जारी बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार...
काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक सिंहदरबारमा बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा जारी बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी रहेका छैनन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अधयक्ष चित्रबहादुर केसी र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
बैठकमा तीन साउनमा बोलाएको संघीय संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे र मन्त्रालय बाँडफाँट र विश्वासको मतबारे छलफल भएको बुझिएको छ ।
प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








