Kathmandu Press

उपत्यकामा जारी निषेधाज्ञा अझ खुकुलो पार्दै १० दिन थप

काठमाडौं, असार ३१ : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गर्दै १० दिन थप भएको छ।बिहीबार काठमाडौं, भक्तपुर...
उपत्यकामा जारी निषेधाज्ञा अझ खुकुलो पार्दै १० दिन थप

काठमाडौं, असार ३१ : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गर्दै १० दिन थप भएको छ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो।

यस्तै शुक्रबारदेखि अत्यावश्यक काम परेको खण्डमा काठमाडौं उपत्यकामा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो।

साथै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ।

हाल सञ्चालन गर्न दिइएको खाद्यान्न, तरकारी, कपडा, पुस्तकलगायतका पसल साँझ ७ बजेसम्म खोल्न दिइने भएको छ। यसअघि साँझ ६ बजेसम्म मात्र त्यस्ता पसल खोल्न पाइन्थ्यो।

हेर्नुहोस् विज्ञप्ति


 

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्