मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने १३८ संस्था मापदण्ड विपरीत
काठमाडौं, असार २० : मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने एक सय ३८ संस्था मापदण्ड विपरित रहेको पाइएको छ।
श्रम रोजगार तथा समाजिक सुरक....

काठमाडौं, असार २० : मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने एक सय ३८ संस्था मापदण्ड विपरित रहेको पाइएको छ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने प्रयोजनका लागि स्वास्थ्य संस्थासँग आवेदन माग गरेको थियो। त्यसमा दुई सय ९० वटा स्वास्थ्य संस्थाले आवेदन दिएका थिए।
त्यसपछि मन्त्रालयले गरेको अनुमगनमा ९९ वटा स्वास्थ्य संस्था मात्रै मापदण्ड पूरा गरेको पाइएको हो। आवेदन दिनेमध्ये एक सय ३८ वटा स्वास्थ्य संस्थाले मलेसिया सरकारबाट प्राप्त भए बमोजिम मापदण्ड पूरा नगरेको मन्त्रालले जनाएको छ।
मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि यसअघि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार थियो। श्रममन्त्री गोकर्ण बिष्टले स्वास्थ्य परीक्षणमा सिन्डिकेट भएको भन्दै ती संस्थालाई कारबाही गर्न निर्देशन दिएका थिए।
मलेसियाले पठाएको मापदण्डअनुसार नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरिएको हो।
नेपाल र मलेसियाबीच गत कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख थियो। त्यसअनुसार नयाँ मापदण्ड पठाएको थियो।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायत सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ। तर मलेसियाको रोजगारी चाहिँ अझै खुलिसकेको छैन।











