Kathmandu Press

राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि पनि सिफारिस

काठमाडौं, असार ३१ : सरकारले प्रतिनिधिसभासँगै राष्ट्रियसभाको पनि अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ।आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि...
राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि पनि सिफारिस

काठमाडौं, असार ३१ : सरकारले प्रतिनिधिसभासँगै राष्ट्रियसभाको पनि अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।

केपी ओली नेतृत्वको सरकारको सिफारिसमा असार २८ गते राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी थिइन्।

राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको हो। त्यही दिन प्रतिनिधिसभाको अधिवेशन बोलाउन पनि सिफारिस गरिएको छ।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्