Kathmandu Press

३ साउनमा प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

मन्त्रिपरिषद् बैठकले ३ साउन अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ।
३ साउनमा प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं, असार ३१ : मन्त्रिपरिषद् बैठकले ३ साउन अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा ३ साउनदेखि संसद् अधिवेशन बोलाउन परमादेश दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरूको अवधि एक वर्ष थप्ने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्