Kathmandu Press

बिपीमा जारी आन्दोलनप्रति डा. भट्टराईको ऐक्यबद्धता, जायज माग सम्बोधन गर्न प्रधानन्त्रीलाई आग्रह

बिपीमा जारी आन्दोलनप्रति डा. भट्टराईको ऐक्यबद्धता, जायज माग सम्बोधन गर्न प्रधानन्त्रीलाई आग्रह

काठमाडौं, असार ३१ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले धरानस्थित बिपी प्रतिष्ठान शुद्धीकरण अभियानमा ऐक्यबद्धता जनाउँदै एक महिनादेखि आन्दोलनरत स्वास्थ्यकर्मीका मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

भट्टराईले आज (बिहीबार) सार्वजनिक अपिल निकालेर सरकारले वार्ताका माध्यमबाट चिकित्सकलगायतका जायज माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्।

डा. भट्टराईले निवर्तमान सरकारले प्रतिष्ठानमा जारी अभियान प्रतिष्ठानका समस्या तथा आन्दोलनप्रति चासो नराखेको आरोप लगाएका छन्। 

‘निवर्तमान सरकारले जारी अभियानलार्य चिकित्सा क्षेत्रको विकिृति विसंगति अन्त्य गर्ने अवसरका रूपमा सम्बोधन गर्नुपर्नेमा शान्तिपूर्ण रूपमा उत्रिएका प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरू तथा नागरिक अगुवाहरूको गिरफ्तारीले उक्त सरकारको गैरजिम्मेवारीपन अझ उदांगिएको छ,’ डा. भट्टराईद्वारा जारी अपिलमा उल्लेख छ।       
 
बिपी प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीले राजीनामा दिनुपर्ने, प्रतिष्ठानमा मौलाएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने, खस्कँदै गएको प्रतिष्ठानलाई सुधार्नुपर्ने, प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेलगायत माग आन्दोलनरत स्वास्थ्यकर्मीले राखेका छन्। 

यस्तो छ सार्वजनिक अपिल

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्