Kathmandu Press

एमालेले बोलायो संसदीय दलको बैठक 

काठमाडौं, असार ३१ : नेकपा एमालेले संसदीय दलको बैठक बाेलाएको छ । एमालेले बानेश्वरस्थित संसद भवनमा शुक्रबार (भोली) ३ बजेका लागि संसदीय दलको बैठक...
एमालेले बोलायो संसदीय दलको बैठक 

काठमाडौं, असार ३१ : नेकपा एमालेले संसदीय दलको बैठक बाेलाएको छ । एमालेले बानेश्वरस्थित संसद भवनमा शुक्रबार (भोली) ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो। 

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो। 

सोहीअनुसार आजको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापित प्रतिनिधिसभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ। 

प्रतिनिधिसभा कसरी प्रस्तुत हुने‍ विषयमा रणनीति बनाउन एमालेको संसदीय दलको बैठक बस्न लागेको बताइएको छ । 

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्