Kathmandu Press

प्रचण्ड, नेपाल र विप्लव भेट : ओलीबाहेकका कम्युनिस्टबीच मोर्चाबन्दी गर्नेबारे छलफल

काठमाडौं, असार ३१ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच...
प्रचण्ड, नेपाल र विप्लव भेट : ओलीबाहेकका कम्युनिस्टबीच मोर्चाबन्दी गर्नेबारे छलफल

काठमाडौं, असार ३१ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।

उनीहरूबीच एमाले अध्यक्ष केपी ओलीबाहेकको अन्य कम्युनिस्टबीच मोर्चाबन्दी गर्नेबारे छलफल भएको बतायएको छ। 

आफ्ना पार्टीका नेताकार्यकर्ताको मुद्दा फिर्ताबारे छलफलका लागि विप्लव आज (बिहीबार) बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए। नेपाल–विप्लव वार्ता भइरहेका बेला  प्रचण्ड पनि नेपाल निवास पुगेका थिए। 

ओलीसँग बिच्किएका प्रचण्ड र नेपालले उनलाई छाडेर कम्युनिस्ट मोर्चाबन्दी बनाउनुपर्नेमा केही समयअघिदेखि नै जोड दिँदै आइरहेका छन्। ओलीसहितको कम्युनिस्ट केन्द्र बनाउन सहज नहुने निष्कर्ष उनीहरूले निकालेको बताइएको छ।

विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच तत्काल मोर्चाबन्दी गर्ने विषयमा तीन नेताबीच छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए।

बुधबार प्रचण्ड, विप्लव र धमेन्द्र बाँस्तोलाबीचको भेटवार्ता भएके थियो। सो भेटवार्तामा पूर्वमाओवादी एक ठाउँमा उभिनुपर्ने विषयमा छलफल भए पनि प्रचण्डले पूर्व माओवादी मात्रै नभएर परिवर्तनकारी सबै कम्युनिस्टबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएको बताइएको छ।

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्